लुम्बिनी प्रदेश सरकार

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय

जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय

नवलपरासी (ब.सु.प.)

जेठ ७, २०८२

यस कार्यालयको मिति २०८२।०१।३० गते सम्पति तथा जिन्सी मालसामानहरु लिलाम विक्रीको लागि प्रथम पटक सूचना प्रकाशित भएकोमा सो सूचना अनुसार तोकिएको म्यादभित्र यस कार्यालयमा रितपुर्वक  दर्ता हुन आएका निवेदकहरुमध्ये मिति २०८२।०२।०६ गते दिउँसो १.०० बजे उपस्थित प्रतिनिधीहरुको रोहवरमा न्यूनतम मुल्यबाट लिलाम वढावढ कार्य हुँदा अन्तिममा सवैभन्दा बढी बोलकवोल गर्ने फर्म श्री चिराग प्लाष्टिक तथा भाडा पसल सुनवल १२ भुमही नवलपरासीको कवोल रकम अन्य व्यक्ति/फर्महरुभन्दा सवैभन्दा बढी भएकाले यस कार्यालयको मिति २०८२।०२।०६ गतेको निर्णयानुसार श्री चिराग प्लाष्टिक तथा भाडा पसल सुनवल १२, भुमही नवलपरासीको लिलाम कवोल रकम स्विकृत गरी सो फर्मसँग तोकिएको शर्तहरु पुरा गर्नको लागि सम्झौता गर्ने निर्णय गरियो ।