कृषियोग्य जमिनमा सिंचाइ सुविधा पुर्याउने तथा खेतीयोग्य जमिन र वस्तीमा जलसतह वृध्दि भई हुनसक्ने सम्भावित जमिनको कटान रोक्ने उद्देश्यले लुम्बिनी प्रदेश सरकार उर्जा , जलस्रोत तथा सिंचाइ मन्त्रालय अन्तर्गत यस जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय, नवलपरासीको स्थापना वि.स. २०७५ सालमा भएको हो । नयाँ सिंचाइ योजनाहरु पहिचान तथा निर्माण, पुराना तथा जिर्ण अवस्थामा रहेका सिंचाइ योजनाहरुको सुदृढीकरण, सिंचाइ योजना र कृषक कुलोहरु मर्मत सुधार लगायत नदि नियन्त्रण (तटवन्ध) र कृषकहरुको संस्थागत विकास सम्वन्धी कार्य यस कार्यालयले प्रदान गर्ने गर्दछ ।